चिकित्सक लाइसेन्स परीक्षामा सहभागी ४० प्रतिशत विद्यार्थी फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेष परीक्षामा सहभागी ३६८ जना परीक्षार्थीमध्ये १४६ जना फेल भएका छन् । फेल हुने चिकित्सकको संख्या ३९ दशमलब ६७ प्रतिशत हो । 

परिक्षामा सहभागी २२२ जना अर्थात ६० दशमलब ३३ प्रतिशत पास भएको काउन्सिलका रजिष्टार डा दीलिप शर्माले जानकारी दिए । गत वर्ष ६६ प्रतिशत पास भएका थिए । परीक्षमा अनुत्तीर्ण हुनेमा चीन, बंगलादेशमा अध्ययन गरी आएका चिकित्सकको संख्या बढी रहेको बताइएको छ । 

 

null

परीक्षा शनिबार स्वयम्भुस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो । उक्त विशेष परीक्षा यस वर्षको तेस्रो तथा अन्तिम परीक्षा हो । काउन्सिलले वर्षमा तीन पटक विशेषज्ञहरुको लाइसेन्स विशेष परीक्षा लिने गर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *