घरेलु मैदानमा टोटेनहमको फराकिलो जित डर्टमण्डलाई क्वार्टरफाईनल कठिन्

एजेन्सी । टोटेनहमले च्याम्पियन्स लिग फुटबलको प्रि क्वार्टरफाईनलको पहिलो लेगमा फराकिलो जित दर्ता गरेको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनहमले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३–० गोल अन्तरले हराएको हो। 

टोटेनहमका तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । सहज जितसंगै टोटनहमले अन्तिम १६ मा प्रवेशको सम्भावना बलियो बनाएको छ। 

 

null

सन ह्युङ मिनले ४७ औ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८३ औ मिनेटमा जान भिटोघेनले टोलीको अग्रता दोब्बर बनाए। 

खेल सकिन चार मिनेट अगाडी क्रिस्टियन ईरिक्सनको कर्नर पासलाई सदुपयोग गर्दै फर्नाल्डो लोरेन्टीले तेस्रो गोल गरे। 

दोस्रो लेगको खेल बाेरुसिया डर्टमण्डकाे मैदान हुनेछ। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *