ओलीजीहरु ठूलो पार्टी बनेर के गर्नु ? चुरै चुर हुनुहुन्छ

काठमाडौं, साउन ८ । स्थानीय तह दोस्रो चरणको निर्वाचनपश्चात् सबै तीन ठूला दलहरु निर्वाचन समिक्षा बैंठकमै व्यस्त छन् । तर, ती दलमध्ये सबैभन्दा बढी समिक्षा बैंठक सत्तारुढ दल माओवादी केन्द्रले गर्दै आएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तह निर्वाचनको विषयलाई लिएर कार्यकर्तालाई सुझावसहित आगामी तेस्रो चरणको निर्वाचनका लागि तयार रहन आदेश दिँदै आएका छन् ।

आज पेरिस डाँडामा आयोजित केन्द्रीय बैंठक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्ना प्रिय मित्रहरु मोहन वैद्य र नेत्रविक्रम चन्दलाई जसरी हुन्छ पहिलाकै जसरी एकता कायम गरि अघि बढ्न आग्रह गरे । ‘जनयुद्धकालमा हामीले जे सोचेर विद्रोह गर्यौँ त्यो सपना पूरा भएको छैन । अब सबैजना एकजुट भएर अघि बढ्नुपर्छ । त्यसैले एकतामा आउनुस् ।’ उनले शहीदलाई स्मरण गर्दै भने ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सहितको राष्ट्रपतीय निर्वाचन प्रणाली लागू हुने समेत बताए । ‘हो, पहिलो संविधानसभापछि प्रत्यक्ष कार्यकारी प्रणालीतर्फ जाने सहमति भएको थियो । तर दोस्रो संविधानसभापछि कांग्रेस र एमाले पछि हटेकाले त्यो यसो हुन सकेन । अब त्यो पुरानै संसदीय प्रणालीको अन्त्य हुन्छ र नयाँ संसदीय प्रणाली लागू हुन्छ ।’

यससँगै सञ्चारकर्मीले प्रचण्डलाई प्रश्न तेर्साए–‘ केपी ओलीले कांग्रेससँग हैन, एमालेसँग मिलेर चुनाब लडौं भन्नु भएको थियो । झन वामदेव जी ले त एउटै चुनाव चिन्ह््मा लडौँ भन्नु भएको थियो नि हैन ?’ हो, हो,प्रचण्डले तत्काल जवाफ फर्काए। ‘अरु त म केहीँ जान्दिन तर ओलीजीलाई मुरी मुरी धन्यवाद दिन चाहान्छु । किन ? फेरि प्रश्न तेर्सियो । ‘ ओलीजीहरु ठूलो दल त बन्नुभो तर परिस्थितिको गम्भीरतालाई बुझेर यसो भन्नुभएको होला । त्यसैले उहाँलाई धन्यवाद दिन्छु । हो,वामदेवजीले त झन् चुनाव अघि देखि नै मिलौं न हौँ भन्नुभएको तर त्यसो हुन सकेन । त्यसैले जो ठूलो पार्टी भए भनेपनि सबैजना चुरै चुर छन् । कसैलाई शान्ति छैन । ठूलो पार्टी बने भन्ने कुरा बाहिर मात्र हो भित्र त्यस्तो छैन । ओलीजीहरुको त झन् चुर हुनुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *