१ नं. प्रदेश सडक बालबालिका मुक्त बनाउन अभियान धरानबाट सुरु, ३० बालबालिकालाई उद्दार

पुस १८, धरान । प्रदेश १ सरकारले सडक बालबालिका मुक्त बनाउने अभियान अन्तर्गत सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्री कालिन अभियान आज (शुक्रबार) साझ सुनसरीको धरानबाट सुरु गरेकाे छ ।   

अभियान धरानबाट सुरु भएसँगै धरानको भानुचौकबाट आज साझ ७ बजे करिब ३० जना बालबालिकालाई उद्धारा गरिएको छ ।  

  

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र घिमिरे, बालबालिका खोजतलास समन्वय केन्दका प्रमुख मोहन विक्रम दाहालले सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश १ का मुख्य शहरका सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्री कालिन अभियानमा ३० जना बालबालिकाहरुको उद्धार गरिएको वालवालिका खाेजतलास तथा समन्वय केन्द्रका प्रमुख माेहन विक्रम दाहालले बताए । 

यो क्रम जारी रहने र अबको दिनमा देशभरीका विभिन्न उपमहानगरपालिका,नगरपालिका लगायतमा पनि गरिने एक नं प्रदेशका समाजिक बिकासमन्त्रि जीवन घिमिरेले बताए ।  केन्द्रले यसअघि संघीय राजधानी काठमाडाैंमा रात्रिकालिन अभियान चलाएर सडकमा पुगेका बालबालिकाको खोज तलास गरी उद्धार गरेको थियो । 

प्रदेश १ का मुख्य शहर धरान, इटहरी, झापाको दमक र बिर्तामोडमा ६३ जना सडक बालकबालिका रहेकाे बताइएकाे छ । कुल ५ सय ३३ बालगृह मध्ये प्रदेश १ मा २८ वटा रहेको जसमध्ये हाल १४ वटा मात्रै सञ्चालनमा रहेको प्रदेश १ का सामाजिक विकास मन्त्रालय सचिव वीरबहादुर राईले जानकारी दिए । 

बालबालिका खोजतलास समन्वय केन्दका प्रमुख मोहन बिक्रम दाहालका अनुसार बाल हेल्पलाइन तथा सरोकारवाला निकाय, स्थानीय सरकार मेयर धरान प्रहरी सँगको समन्वयले समस्यामा परेका बालबालिकाको उद्धार, संरक्षण, कानूनी सहयोग र पुनःस्थापनामा सहजता भएको छ । 

पछिल्लो समय विभिन्न कारणले गर्दा सडक बालबालिकाको सङ्ख्या बढ्दो छ । बढ्दो बैदेशिक रोजगारको कारण र बाबुआमा बिहीन भई परिवारबाट अलग्गिएका बालबालिका सडकमा देखिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *