निर्माणाधिन अपार्टमेन्टको पर्खाल भत्किदाँ १५ को मृत्यु
मकालु खबर
२०७६ असार १५ गते
असार १५, भारत । भारतको पुणेमामा शनिबार बिहान निर्माणाधिन एक अपार्टमेन्टको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ
यस घटनामा कति व्यक्ति घाइते भएका छन् संख्या यकिन नभएको समाचार संस्था एएनआईले जनाएको छ ।
null
निर्माणाीधन काममा संलग्न रहेका कामदार सुतिरहेको स्थानमा भारी वर्षाको कारण ६० फिट अग्लो पर्खाल भत्किदाँ उक्त दुर्घटना हुन पुगेको हो ।
यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको भारतीय प्रहरी स्रोतले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अस्पतालमा सकुशल उपचार भइरहेको स्थानीय प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।
यस दुर्घटनामा दुईजना अझै भत्किएको स्थानमा पुरिएको छ भने उनीहरुको खोजी तथा उद्धारको काम जारी रहेको भारतीय प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित