समाजसेवी डा.शर्माद्वारा क्यान्सर पीडितलाई सहयोग

 

बैशाख ३, बिराटनगर ।  नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । मोरङको बेलबारी–१ की क्यान्सर पीडित बिष्णुमायाँ धिमालको उपचारका लागि डा.शर्माले ५० हजार रकम प्रदान गरेका हुन् । 

सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा डा.शर्माले बिरामी धिमाललाई नगद प्रदान गरी स्वास्थ्य लाभको कामना गरे । आर्थिक अभावले उपचारमा समस्या झेल्दै आएकी बिरामी धिमाललाई सहयोग रकम हस्तान्तरण गर्न डा.शर्मा उनको घरैमा पुगेका थिए । यसअघि डा.शर्माले आगोले डढेकी बेलबारी–२ लालभित्तीकी कुमारी ऋषिदेब र मृगौलापीडित बेलबारी–४ की सरस्वती गुरुङको उपचारका लागि एक/एक लाख रकम प्रदान गरेका थिए । 

null

त्यस्तै सुन्दर हरैंचाकी क्यान्सर पीडित नन्दकुमारी मगर र तातोपानीले पोलेर घाईते भएकी बेलबारीकी सुकमायाँ राईको उपचारका लागि पनि डा.शर्माले जनही एक/एक लाख सहयोग गरे । 

डा.शर्माले गरिब तथा असहाय बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै बिपन्न बिरामीलाई निःशुल्क उपचार गराउँदै आएका छन् ।  हजारौं गरिब तथा बिपन्न बिरामीलाई निःशुल्क उपचार गराईसकेका डा.शर्माले यो क्रमलाई निरन्तरता दिईरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *