मेयर चौधरीलाई कारवाही गर्न कांग्रेस सांसदको माग

 

जेठ २३, काठमाडौं । पत्रकारलाई दुव्र्यवहार गर्ने तथा नाकको डाडी भाँच्छु भन्दै धम्की दिने इटहरीका मेयर द्वारिकालाल चौधरीमाथि कारवाही गर्न सांसदहरुले माग गरेका छन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सांसद सुजाता परियार र सांसद हिरा गुरुङ यो विषय उठाएका हुन् । 

null

सांसद परियारले भनिन्, ‘इटहरीको मेयरको हर्कत के हो ? पत्रकारमाथि नै आक्रमणको धम्की ? हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धी यही हो ? दशौँ करोडौं खर्च गरेर भए पनि सिध्याउँछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ ? उनलाई कारबाही गरियोस् ।’ 

त्यस्तै सांसद हिरा गुरुङले मेयर चौधरीले दुई तिहाइको दभ्भ देखाएको आरोप लगाइन् । उनले भनिन्, ‘मेयरलाई फौजदारी अपराधअन्तर्गत कारबाहीको दायरामा ल्याउनुपर्छ । कानुनी राज्यमा कसैले पनि धम्की दिन सक्दैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *