क्याम्बोडियाली राजा उपचारका लागि चीनमा

नोम्पेन्ह, ८ साउन । क्याम्बोडियाली राजा नरोद्दम सिहामोनी आफ्नो स्वास्थ्य उपचारका लागि आइतबार चीन प्रस्थान गर्नुभएको छ । उहाँ आफ्नी आमा र परिवारका अन्य सदस्यहरुका साथ आज चीन प्रस्थान गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँहरुलाई क्याम्बोडियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभएको थियो । उहाँ चीन जानुपर्नाको कारणका बारेमा राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा उपचारका लागि चीन जानु परेको भनी लेखिएको छ ।


नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ चीन जानु भएको र केही दिन लाग्ने सो विज्ञप्तिमा जनाइएको छ । रासस/ सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *