काठमाडाैं प्रहरीले नष्ट गर्याे १० लाखकाे पटाका

कात्तिक २१, काठमाडौं । नेपाल प्रहरीले तिहारका लागि राजधानीमा भित्र्यार्इएका १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा नष्ट गरिएकाे हाे । 

अाज विहान टेकुस्थित महानगरीय प्रहरी परिसरमा ति पटाका नष्ट गरिएको छ। परिसरमा आयोजित पत्रकार सम्मेलनमा ती पटाकाहरु प्रदर्शन गरेर परिसर भित्रै रहेको पुरानो इनार जस्तो पानी जमेको स्थानमा फालेर नष्ट गरेको थियो । 

 

null

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्धारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको बताए । परिसरले पटाका बिक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही पनि सुरु गरेको छ । 

 

परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियाननै सञ्चालन गरेको बताएकाे छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए । उनले पटका पड्काउने तथा बिक्रीवितरण गरेको पाइए प्रहरीलाई सूचना दिन आह्वान गरे । 

नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिना अघिनै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *