बैङ्क अफ काठमाण्डूद्वारा आइसीयु कक्ष निर्माणका लागि एक करोड सहयोग

फागुन ७, काठमाडौं । बैंक अफ काठमाण्डूले आइसीयु कक्ष निर्माणका लागि एक करोड सहयोग गर्ने भएको छ ।   

बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न रु १ करोड सहयोग गर्ने घोषणा गरेको हो ।   

कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले सो रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् ।   

बैंकले सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन तथा क्षमता अभिवृद्घिका लागि तालीम प्रदान गर्न ५ लाख सहयोग गर्ने घोषणा गरेको छ । उक्त सहयोगस्वरुपको रकमको चेक सेजोन, नेपालका सभापति भिम प्रसाद गौतमलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ ।   

बैंकले २५ औँ वर्षिकोत्तसवको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेकोे थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी रहेका थिए । कार्यक्रममा बैैंकको संचालक समिति, ब्यवस्थापन समिति र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।   

प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपालले २५औं वार्षिकोत्सवको लोगोसमेत सार्वजनिक गरेका थिए ।   

बैंकको देशभर हाल १० एक्टेन्सन काउन्टरसहित ८७ शाखा र ७८ एटीएम रहेका छन् ।   

आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार यस बैंकले गत आ. व. को दोश्रो त्रैमासको तुलनामा खुद मुनाफामा २०% ले वृद्धि गरी रु ८८ करोड ३८ लाख कमाउन सफल भएको छ ।   

साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः ७.८४% र ९.१४% ले वृद्धि भई क्रमशः रु.९०.११ अर्ब तथा रु.८२.४९ अर्ब पु¥याउन सफल भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *