बझाङमा १७ वर्षिय किशोरी शव फेला, स्थानियद्वारा टिप्पर तोडफाेड

 

असार १७, बझाङ । मङ्गलबार बझाङमा एक २० वर्षिय किशाेरी मृत अवस्थामा फेला परेकी छिन् । 

बझाङ बुंगल नगरपालिका २ ताडकाबगर नजिकै बुङगल नगरपालिका २ की २० बर्षीया ललीता कुमारी धामी मृत अवस्थामा फेला परेकी हुन् । 

null

स्थानिय महेन्द्र उच्च मावि कक्षा १२ मा पढ्दै गरेकी धामी सोमबार साथीको घर जान्छु भन्दै घरबाट गएको र साथीको घरबाट सोमाबार राती घर जान्छु भनि हिँडेकी थिईन् । 

उनको शव मंगलबार बिहान ताडकाबगर नजिकै फेला परेको प्रहरीले जानकारी दिएको छ । 

उनको मृत्युपछी राती टिप्परको ठक्करबाट उनको मृत्यु भएको हुन सक्ने भन्दै स्थानियवासीले २ वटा टिपर समेत तोडफाेड गरेको प्रहरीले जानकारी दिएको छ । 

मृतकका आफन्तले घटनाको वास्तविक छानविन गरी दोषिमाथि कडा कारवाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनक धामीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *