परीक्षामा फेल भएपछि १९ विद्यार्थीले गरे आत्महत्या
मकालु खबर
२०७६ वैशाख १९ गते
बैशाख १८, नयाँ दिल्ली । भारतको तेलंगना राज्यमा गएको २ हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका छन् ।
कक्षा १२ को परीक्षा दिएर बसेका १९ विद्यार्थीले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
null
भारतमा कक्षा १२ को परीक्षाको नजिताको आधारमा विद्यार्थीले विश्वविद्यालयमा भर्ना हुन पाउने नियम छ । आफ्नो राम्रो अंक नआएपछि विद्यार्थीले आत्महत्या गरेका हुन् ।
यसैबीच त्यहाँका विद्यार्थीहरुले शिक्षक शिक्षिकाले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको दाबी गर्दै विरोध गरेका छन् ।
राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, राम्रा विद्यार्थी समेत फेल गरिएको विद्यार्थीको आरोप छ ।
मकालु खबर
२०७६ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित