नेवारहरुले म्हपुजा किन गर्छन ?

म्हपुजा नेवारहरुबीच अत्यन्तै लोकप्रिय पर्वको हाे | तन्त्रमा गरिएको निर्देशन अनुसार यो बिधि तन्त्राचारबाट टाढिएकाहरु बीच पुगेको देखिन्न वा नेवारहरुबिच मात्र केन्द्रित हुन पुगेको देखिन्छ, यस पर्वलार्इ तान्त्रिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। नेवार तन्त्रचारहरुको उत्कृष्ट ग्रन्थहरु मध्येको एक कुलार्णव तन्त्रको दशौँ उल्लासमा लेखिएको छ । 

तन्त्र शास्त्रको यो प्रमाणले म्हपुजा को दिन आफ्नो शरीर अगाडी मण्डल रेखी कोरी, अन्डा सगुन लिनुलाई बार्षिक पुण्य पुरा गर्ने कर्मको रुपमा लिइएको छ । 

नेपाल लिपिमा लेखिएको हस्तलिखित कुलार्णव तन्त्रमा “बर्ष बंधन कर्मस्य फलान बिन्दन्ति मानवा:” भनि लेखिएको पाइन्छ | कार्तिक शुल्क प्रतिपदाको दिन आफुलाई पुजा नगरेको खण्डमा एक बर्ष सम्म गरिएको पुण्य नाश हुन्छ, त्यसैले पुण्य लाभको लागि म्हपुजा गर्नुपर्ने देखिन्छ | आफु भित्र रहेको चैतन्य जगाउन र आत्मा शुद्धिकरणकोलागि पनि म्हपुजा अपरिहार्य छ । यसरी हिसाब मिलान गर्नुपर्ने दिनको रुपमा म्हपुजालाइ लिएको देखिन्छ | यस दिनमा देवता पुजा गरि अर्को बर्षको कार्यक्रम तय गर्ने दिनको रुपमा म्हपुजा भएकोले नयाँ बर्षलाइ यस दिनमा गाभिएको हुनसक्ने अधार धेरै देखिएको छ | 

null

पंचाङ्गमा औंसीलाई ३० र पुर्णिमालाइ १५ लेखिन्छ, ३० को गणना पछि अर्को महिना प्रारम्भ हुन्छ, जसलाई कार्तिक शुक्ल प्रतिपदा वा कछलाथ्व: १ हुन्छ | कछलागा: ३० मा महिना पूर्ण भएको मानेको खण्डमा १५ दिन अगाबै महिना पुरा भएको देखिन्छ | अर्थात कार्तिक शुक्ललार्इ प्रारम्भ मानेपछि ३० दिने एक महिना गणना गर्दा मंसिर कृष्ण सम्म गणना गर्नुपर्ने हुन्छ | तसर्थ बर्षको प्रारम्भ म्हपुजा को दिन अर्थात कार्तिक शुक्ल प्रतिपदालाई नै लिनु पर्ने देखिन्छ ! 

बर्षको प्रारम्भलाई लिएर शास्त्रीय बिधि अनुरुप बैदिक ग्रन्थमा पनि उल्लेख गरिएको छ| कार्तिक औंशीको दिन देवतालाई बत्ति अर्पण गरेमा त्यसलाई ब्रह्म पद प्राप्त हुनेछ | त्यसको भोलिपल्ट अर्थात प्रतिपदाको दिन आफैलाई दिप अर्पण गरि नयाँ बष्त्र लगाई पुजा गरेको खण्डमा यस व्यक्तिले ब्रह्म पद प्राप्त गर्नेछ । 

म्हपुजा तन्त्रिकाचारिहरुले मात्र गर्ने बिधि नभई बैदिकचारिहरुले समेत गर्नुपर्ने शास्त्रीय प्रमाणहरुले देखाउँछ ! त्यसैले यो नेवारहरुको मात्र चलन भने हैन, तर नेवारहरु बिषेसतः तान्त्रीक मतका अनुयायी भएको कारणले यो समुदाय र म्हपुजा परिपुरक रुपमा रहन गएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *