वर्तमान सरकार अधिनायकवादतर्फ सोझियो, प्रतिकार गर्नुपर्छ – शेरबहादुर देउवा

मंसिर ३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गरेका छन् । 

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले ले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । 

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राजनीति सत्ताउन्मुख हुँदै गएकोमा चिन्ता व्यक्त गरे । 

null

दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिए पनि त्यसको महसुस नागरिकले गर्न नसकेको सभापति देउवाको भनाइ छ । 

‘सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले सशक्त प्रतिकार गर्नुपर्छ ।’ 

अधिनायकवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उनले २००७ सालदेखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्ठभूमिमा फेरि एकपटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन समेत दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *