राजधानी नपाएको झोकमा धरानमा टायर बालियो, दुई विद्यार्थी नेता घाईते 

बैशाख २३, धरान ।  १ नं प्रदेशको राजधानी सुनसरीको धरान सिफारिस भएका सहरहरु मध्येबाट पर्न नसकेपछि धरानका नगरवासी आन्दोलित भएका छन् । 

 

आज सोमबार नेकपा धरानका नेता चात्लुङ सहित विद्यार्थीहरुहरुको टोली सहभागी भएको आन्दोलनमा टायर बालेर प्रदर्शन गरेका थिए भने सोही क्राममा दुई विद्यार्थी नेता घाइते समेत भएका छन् । 

null

घाइते हुनेहरुमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बुद्रोश लिम्बू र क्रान्तिकारी कै अर्का एक विद्यार्थी नेता रविन श्रेष्ठ रहेका छन् । उनीहरुको धरान ९ स्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ । 

 

उता राजधानीका लागि आन्दोलनरत् पक्ष र मुख्यमन्त्री बीच आज विराटनगरलाई नै राजधानी बनाउने सहमति भएको छ । 

नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसको संरचना बृहत् विराट क्षेत्र विकास अर्न्तगत इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेपछि त्यहाँका स्थानीय सहित विभिन्न दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका थिए । 

कार्यपालिका र व्यवस्थापिका पनि विराटनगरमै रहने सर्वपक्षीय सहमती भएपछि आन्दोलन स्थगित भएको हो । यसैबीच विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै विराटनगर महानगरपालिकामा गएराती नै रातारात संघर्ष समिति बनेको थियो । 

 

छलफलमा बिराटनगरलाई राजधानी तोकेर संरचना पनि बिराटनगरमा नै हुनु पर्ने माग राख्दै अनिश्चित आम हड्ताल आब्हान गरिएको थियो । विराटनगरलाई स्थायी राजधानी बनाउ शान्तिपुर्ण दवाव समितिको पहिलो आन्दोलन नै बिराटनगर बन्दको पक्षमा देखिएको छ । 

बिराटनगरमा प्राध्यापक डाक्टर भेषप्रसाद धमला संयोजक रहेको र महेश रेग्मी, नागेश कोईराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सह संयोजक रहेको समितिले बन्दको आव्हान गरेको थियो । समितिले जारी गरेको विज्ञप्तीमा बिराटनगरलाई स्थायी राजधानी बनाई सबै संरचना बिराटनगरमा नै हुनु पर्ने उल्लेख गरिएको छ । 

यसैबीच आजै भएको अनिश्चिनकालिन आम हड्तालको घोषणाका कारण बिराटनगरको जनजीवन प्रभाबित बनेको थियो । सार्वजनिक यातायतका साधनहरु चल्न सकेका थिएन भने, टंकिसिनवारी देखि बिराटनगरको रानीसम्मको कोशी राजमार्गमा मोटरसाईकल बाहेकका सवारी साधनहरु रोकिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *