मनकामना जाँदै गरेको बस दुर्घटना २ को मृत्यु २५ घाईते

बैशाख ८, काठमाडौँ । काठमाडौंबाट मनकामना जाँदै गरेको यात्रुबाहक मिनिबस आज दुर्घटना हुँदा २ को मृत्यु २५ जना घाईते भएका छन् । 

 

फाइल फाेटाे बा ४ ख १४१५ नं.को यात्रुबाहक मिनिबस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङकोटमा दुर्घटना भएको हो । मिनीबस घुम्तिबाट २५ मिटर तल खसेको थियो । 

null

उक्त मिनीबसमा यात्रु के–कति थियो विवरण आउँन बाँकी रहेको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिएका छन् । प्रहरी निरीक्षक ढुंगेलका अनुसार घाईतेहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाई सकिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *