नेपाली जहाज अब काठमाडौँबाट सोझै जापान

भदौ ३, काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ (अगष्ट २९) मा जापानको ओसाका लागि उडान भर्ने भएको छ । निगमले सातामा तीन पटक उडान भर्ने गरी नयाँ रुट तय गरेको हो ।   

उडानको सबै प्रक्रिया पूरा भइसकेको तथा अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । एअरबसको २७४ सिट क्षमता छ।   

सुरुको एक महिना यात्रुको संख्यामा केही कमी आएपनि अक्टोबरदेखि भने वृद्धि हुने निगमको विश्वास छ ।   

Image result for नेपाल वायुसेवा निगम

यो उडानको निरन्तरताले नेपाल एयरलाइन्सको विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ ।   

यसअघि असार १९ गतेलाई तय गरेको निगमको काठमाडौं–ओसा दुईतर्फी उडान यात्रु अभावका कारण घाटा भएको भन्दै रद्द गरिएको थियो । अब भने घाटा–नाफा जे भएपनि उडान नरोकिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक मदन खरेलले जानकारी दिए ।   

एक वर्षको अवधिमा जहाजलाई पूर्णरुपमा सञ्चालन गरेर भ्रमण वर्ष २०२० मा करिब ४५ हजार जापानी पर्यटक ल्याउने र भ्रमण वर्षलाई सहयोग पुर्याउने उनले बताए ।   

निगमले जापानको अर्को सहर नारितमा पनि नियमित उडान अनुमति मागेको छ। यो विमानस्थलमा हुने नियमति उडानपछि जापानिज पर्यटकको संख्या बढ्ने खरेलको अनुमान छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *