कांग्रेसलाई उल्टो बुद्धि आएको छ: हरिबाेल गजुरेल

 

पुस ९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने स्पष्ट पारेका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले स्थायी समिति बैठकमा सबैले आ–आफ्नो कुरा राखेर छलफल गरेको बताउँदै अब पार्टी एकताबद्ध भएर अघि बढ्ने विश्वास दिलाए । 

null

गजुरेलले बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन पेस गरेको प्रसंगमा त्यो प्रतिवेदन नभइ सुझाव भएको जिकिर गरे ।उनले भने, ‘वामदेवजीले पेस गर्नुभएको प्रतिवेदन होइन, सुझाव हो । उहाँको सुझावमा पीडा, तीव्र असन्तुष्टिहरु छन् । त्यो भनेको त भावनाको कुरा हो । त्यसलाई सम्बोधन गर्नुपर्छ ।’ 

फरक प्रसँगमा गजुरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिन्दूराष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाउँदै उनले कांग्रेसलाई उल्टो बुद्धि लागेको बताए । 

उनले भने, ‘राज्यको नजरमा सबै धर्मको स्टाटस बराबर छ । हिन्दू राष्ट्रको कुरा उठाए काँग्रेसको क्रेज घट्छ ।’ 

काठमाडौंमा हालै सम्पन्न भएको एशिया प्यासिफिक समिटमा सरकारले भाग लिएर गलत गरेको भनेर बाहिर आलोचना भएकोप्रति टिप्पणी गर्दै उनले भने, ‘कम्युनिष्ट सरकार गठन भएकोमा धेरैलाई चित्त बुझेको छैन, त्यही भएर सरकारको आलोचना भइरहेको छ ।’ उनले एशिया प्यासिफिक समिट धार्मिक कार्यक्रम नभएको जिकिर गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *