अपराह्न र साँझ यी सडकमा हुँदैछ ट्राफिक जाम

 

बैशाख २०, काठमाडौं । अपराह्न र साँझ काठमाडौं उपत्यकाका केही स्थानमा यात्रुहरुले सवारी जामको सास्ती भोग्नुपर्ने भएको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी नयाँबानेश्वरस्थित संघीय संसदमा जाने भएकाले उनको सवारीको लागी केही समय सडक खाली गर्न लागिएको हो । 

null

सरकारले ०७६–७७ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकाले राष्ट्रपति संसद भवन जान लागेकी हुन् । नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने व्यवस्था छ । 

राष्टपति जाँदा साढे ३ बजेदेखि आधा घण्टा र फर्कने समयमा ५ बजेपछि आधा घण्टा महाराजगञ्ज–लाजिम्पाट–लैनचौर–केशरमहल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माइतीघर–नयाँबानेश्वर सम्मका सडकहरु खाली गराइने ट्राफिक प्रहरीले जनाएको छ । 

सो सडक प्रभावित हुने हुँदा उक्त मार्ग प्रयोग गर्ने सवारी चालकहरुले बैकल्पिकमार्ग (महाराजगञ्ज–बालुवाटार–नक्साल–जयनेपाल–कमलपोखरी–पुलतीसडक–अनामनगर– थापागाउँ वा चक्रपथको बाटो) प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *