दशैंसम्म आलोचना गर्नुहोस्, त्यसपछि ठाउँ पाउनुहुन्नः प्रधानमन्त्री

 

असार १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा माक्स लगाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको बताएका छन् । 

जननेता मदन भण्डारीको ६७औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले ओलीले एक वर्षअघि र अहिले काठमाडौंमा परिवर्तन आएको दाबी गरे । 

null

‘एक वर्ष अघि र अहिलेको काठमाडौंको सडक हेर्नुस् । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे, काठमाडौंमा अहिले मास्क लगाएर कोही हिँड्दैन ’, प्रधानमन्त्री ओलीले भने । 

यस्तै उनले सरकारको धेरै आलोचना भइरहेको उल्लेख गर्दै दशैं पछि आलोचना समाप्त हुने दाबी गरे । ‘दशैंसम्म आलोचना गर्नुहोस्, त्यसपछि आलोचनाका लागि ठाउँ नै बाँकी रहन्न । आलोचना गर्न पाउनुहुन्न,’ उनले भने । 

तत्कालीन सरकारले जनताले कल्पना नगरेका कार्य गरेको उनको भनाइ छ । नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने पनि उनले स्पष्ट पारे । 

वृद्धभत्ताका विषयमा पनि प्रधानमन्त्रीले पहिलो पटक आफ्नो धारणा राखे । उनले भने, ‘अघिल्लो वर्ष वृद्ध भत्ता बढेन। आलोचना भयो। अहिले बढाइयो, जस फेरि पनि दिइएन।’ 

पछिल्लो समय नेकपाको मार्गनिर्देशक सिद्धान्त जनताको जनवादमा सहमति बनी एकता भएको पनि उनले स्मरण गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *