विर्तामोडको ‘ग्लोवल टच एजुकेशन’ मा अष्ट्रेलियन सेमिनार सम्पन्न
“
विर्तामोड, असार ३२। ग्लोवल टच इन्टरनेशनल एजुकेशन फाउण्डेशन विर्तामोडले सोमबार शैक्षिक सेमिनार सम्पन्न गरेको छ ।
उच्च शिक्षाका लागि विदेश जाने सोच बनाइरहेका विद्यार्थीलाई उचित परामर्श दिनका लागि सोमबार (असार ३२ गते) अष्ट्रेलियन सेमिनार सम्पन्न गरेको हो ।
कक्षा १२ को परीक्षा दिएर बसेका तथा ब्याचलर उत्तिर्ण गरी मास्टर गर्न विदेश जाने योजना बनाएका विद्यार्थीलाई सहि परामर्श दिनका लागि सेमिनार आयोजना गरिएको ग्लोवल टचका म्यानेजिङ डाइरेक्टर दीपक गौतमले जानकारी दिए ।
‘धेरै विद्यार्थीलाई ABROAD STUDY का बारेमा विस्तृत जानकारी हुँदैन, त्यस्तै विद्यार्थीलाई घर आँगनमै दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट शैक्षिक परामर्श दिनका लागि यो सेमिनार गरिएको हो ।’ उनले भने ।
सेमिनारमा विद्यार्थीले ABROAD STUDY का लागि कसरी तयारी गर्ने, कस्ता विश्वविद्यालय र देश रोज्ने, भिजा प्रक्रिया, डकुमेन्टेशन, भाषा प्रशिक्षण, स्कलरशिप लगायतका विषयमा परामर्श लिएका छन् ।
सेमिनारमा AHIC का विजनेश मेनेजर सुमन भेटवाल, स्कील सपोर्ट मेनेजर मि माइलक डाल्टोनले विद्यार्थीलाई वान टु वान काउन्सेलिङ गरेका थिए । सन् २०११ बाट सञ्चालनमा आएको ग्लोवल टचले अष्ट्रेलिया , इण्डिया, जापान लगायतका देशहरुका उत्कृष्ट कलेजका लागि काम गर्दै आइरहेको छ ।
“