रवि र युवराजको बयान सकियो, सुरू भयाे बहसः रविका समर्थकमाथी अश्रुग्यास प्रहार

  

भाद्र ९, चितवन ।  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलकाे अदालतमा लिई सकिएको छ । 

पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका  लामिछाने, कँडेल रुकु भन्ने अस्मिता कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ताभएसँगै आइतबादेखि नै अदालतले बयान लिन सुरु गरेको हो । 

Image result for युवराज कँडेल

अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार  लामिछाने र कँडेलको आज बयान सकिएको छ । रुकु भन्ने अस्मिताको बयान भने अदालतले आईतबार नै लिई सकेको हो ।   

अहिले अदालतमा  बहस चल्दैछ । बहसमा सरकारकाे तर्फबाट तीन जना सरकारी वकिलले बहस गर्दै छन् । यस बहसमा शालिकरामको तर्फबाट ५ जनाले बहस गर्दै छन् भने प्रतिवादी रविको तर्फबाट ८ जना वकिलहरुले बहस गर्ने श्रेस्तेदार गिरी ले जानकारी दिए ।  

आज चितवनमा प्रहरीलेले चौबीसकोठी देखि मालपोत चोक सम्म पाँच जना भन्दा बढी जम्मा हुन, हिँँड्डुल गर्न रोक लागएको छ भने रबीको रिहाईको माग गर्दै  सुनाकोठीमा प्रदर्शनमा उत्रेका उनका समर्थक माथी अश्रुग्यास समेत प्रहार गरेका छन् ।   

 प्रहरीले  चितवनकाे चौबीसकोठी देखि मालपोत चोक सम्म पाँच जना भन्दा बढी जम्मा हुन हिँँडडुल गर्न रोक लगाएसँगै आज  त्यहाँकाे सुरक्षा व्यवस्था कडा पारेकाे जानकारी आएकाे छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *