नेपाल र मलेसियाबीच कात्तिक १२ गते एमओयूमा हस्ताक्षर हुने

असोज २८, काठमाडौँ । नेपाल र मलेसियाबीच नेपाली कामदार निः शुल्क लैजानेबारे कात्तिक १२ गते एमओयूमा हस्ताक्षर हुने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन ११ गते काठमाडौँ आएलगत्तै १२ गते हस्ताक्षर हुने भएको हो । 

बिचौलियाका संयन्त्रका कारण भिसा प्रक्रियामै कामदार ठगिएपछि श्रममन्त्री गोकर्ण विष्टले नेपाली कामदार मलेसिया जान रोक लगाएका थिए । एमओयूमा हस्ताक्षर पश्चात् भने नेपाली कामदार मलेसिया जाने बाटो पुनः खुल्नेछ । 

कामदार नै रोकिएपछि मलेसिया भिसाा प्रक्रिया निःशुल्क बनाउन सहमत भएको छ । नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने खर्च मलेसियन रोजगारदाताले नै व्यहोर्ने सहमति भएको हो । पठाउने म्यानपावरले सेवा शुल्क वापत कामदारको आधा महिनाको तलब बराबरको पैसा मात्र पाउने छन् । 

null

कात्तिक १२ गते नै सम्झौता भए पनि रोकिएको रोजगारी खुल्न भने समय लाग्ने आइतबार एनआरएएनएका पदाधिकारीहरुसँग भएको छलफलमा मन्त्रालयका सचिव महेश दाहालले कात्तिक जानकारी दिए । 

विभिन्न बाहानामा कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको थियो । नेपाल र मलेसियाबीच एमओयूमा हस्ताक्षर भएपछि कामदारको करार अवधि २ वर्षको मात्रै हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *