सोल्टी होटलको बूकक्लोज तय

काठमाडौँ, कात्तिक ३० । सोल्टी होटल लिमिटेडको हिजो मिति २०७५ साल कात्तिक २९ गते बसेको सञ्चालक समितिको २२० औं बैठकले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाउने उद्देश्यले शेयर दाखिला खारेज मिति तय गरेको छ । 

कम्पनीले आगामी साधारण सभाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको १६.३२ प्रतिशतले हुन आउने कुल रकम रु.१०,८६,७३,५५८ नगद लाभांशका साथमा १० प्रतिशत बोनस सेयर ६६,६०,६३७ कित्ता सेयर बाँड्ने प्रयोजनार्थ आगामी मंसिर २६ गतेदेखि पुष २६ गतेसम्म बूक क्लोज मिति तय गरेको जानकारी गराइएको छ । 

कम्पनीको ४४ औं वार्षिक साधारणसभा २०७५ साल पुष २६ गते बिहिवारका दिन ११ बजे तोकिएको छ भने नेपाल प्रज्ञा भवन प्रेक्षालय भवन   कमलादी काठमाण्डौंमा हुने कम्पनीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *