पक्षघात भएमा तुरुन्तै न्यूरोलोजिष्टलाइ भेट्न डा.सिंहको आग्रह

पुष २७, बिराटनगर । बिराट मेडिकल कलेज तथा टिचिङ हस्पिटल र बिराट नर्सिङ होमले न्युरोलोजी र इन्टरभेन्सनल न्यूरोलोजीको सेवा  उपलब्ध गराउादै आएको छ । सो सेवा ३ हप्ता अगाडी देखि अस्पतालले संचालनमा ल्याएको हो ।   

बिरामीहरुको सेवा सुविधा र  रोग पहिचान सहित उचित उपचार पाउनु पर्छ भन्ने उद्देश्य सहित अस्पतालले प्रत्येक शुक्रबार र शनिबार न्यूरोलोजीको ओ.पि.डि सेवा उपलब्ध गराएको छ ।   

बिराट मेडिकल कलेजमा न्यूरोलोजी समस्याका बिरामीका लागि अन्य दिन आइ पि डि र एमर्जेन्सीमा २४ घण्टा नैे बिरामीहरुलाई कन्सल्टेन्ट न्यूरो फिजिसियन एण्ड इन्टभेसनल न्यूरोलोजिस्ट डा. समर्थ सिंहको नेतृत्वमा उपचार सेवा उपलब्ध गरिनेछ । 

त्यस बाहेक न्यूरो इन्टरभन्ेसनल टाउको नचिरि न्युरो सर्जरीबाट गरिने उपचार न्यूरो इन्टरभेन्सनलमा उपचार हुने डा. समर्थ सिंले बताए । न्यूरोलोजी ओ. पि. डि. मा टाउको दुख्ने, ढाड दुख्ने, रिंगटा लाग्ने, छारे रोग, बिसर्ने, हात खुट्टा काम्ने, पक्षघात, कम्मर वा घाटीको पछाडी भाग दुख्ने, हात खुट्टा झमझम गर्ने वा निन्द्रा नलाग्ने जस्ता रोग भएका बिरामीहरुको उपचार सेवा रहेको  डा. समर्थ सिंहको भनाई छ ।   

बिर्सने रोगलाई डिमन्सिया भनिन्छ । कतिपय यस्ता रोग पक्षघात भएर हुने गर्दछ भने कुनै उमेरका हिसाबले हुने गरेको उनले बताए । उक्त रोग औषधी खाए पश्चात निको हुने र रोगीको कारण पत्ता लगाएर उपचार गर्ने डा. सिंहको भनाई छ । 

यदि कोहि मानिसलाई पक्षघात आर्थत मुख टेडो हुदा, खुट्टाहात कमजोर हुदा र बोली लट्पटियो भने तुरुन्तै न्यूरोलोजिष्टकोमा  उपचारका लागि लैजानु पर्छ । पक्षघात भएका बिरामीले तुरुन्त उपचार पाए साधारण सुई मार्फत औषधी दिएर सयमा ३५ जनालाई ठिक गर्न सकिने डा. सिंहको भनाई छ ।   

साढे चार घण्टा भित्र बिरामीले उपचार पाएन भने अथवा औषधीले पनि भएन भने न्यूरो इन्टरभेन्सनको माध्यमबाट टाउको सम्म पुगेर बन्द भएको रक्त नली बाट रगतको डल्लो काटेर फाल्ने जसलाई बाहिरबाट कुनै्र पनि खालको शल्यक्रिया नगरी उपचार गरीने उनको भनाई छ ।  उनी भन्छन्,‘अधिकांश मानिसहरुको धारणा पक्षघात भयो भने हात नचल्ने, खुट्टा नचल्ने साथै ६ महिनामा अथवा १ वर्षमा निको हुने भन्ने भए पनि तुरुन्त न्यूरोलोजिष्टकोमा उपचारका लागि सहि समयमा बिरामी पुगे पक्षघातको बिरामी पूर्ण निको हुन्छ ।’ 

नेपालमा ३ वर्षको न्यूरोलोजीको अध्ययन सकेर आउने डा. २०१२ र १३ देखि मात्र हो ।  यो भन्दा पहिले र अहिले न्यूरो सर्जन या साइक्याट्रिस्ट,अर्थोपेडिक्सले उपचार गर्ने गर्दथे । त्यहि कारणले न्यूरोलोजिका बिरामीको सहि डायग्नोसिस र उपचार हुन नसकेको हो ।   

मनको रोग अर्थात मनोरोग भयो भने साईक्याट्रीककोमा उपचारका लागि जानु पर्छ । तर हेडेक, इपिलिप्सी, सिजर, स्ट्रोक, डिमेन्सीयाका रोगका लागी दक्ष न्यूरोलोजिष्टका उपचारका लागी जानु पर्ने सिंहको भनाई छ ।  आम मानिसहरु रोगको विषयमा राम्रो जानकार नभएर पनि जुन चिकित्सककोमा पनि उपचारका लागि जाने गरेकाले यस्ता खालको समस्या आएको उनको भनाई छ । 

नेपालमा दक्ष न्यूरोलोजिष्टको संख्या कम भएर पनि यस्ता कमी कमजोरी भएको उनको भनाई छ । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा न्यूरो रोग सम्बन्धि उपचारका लागि आउने बिरामीहरु अज्ञानता साथै अन्यौलमा आउने गरेको पाईन्छ । तर बिराट मेडिकलमा आइ सके पश्चात न्यूरो रोग सम्बन्धीको उपचार  हुने गरेको उनको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *