बाँस्कोटा प्रकरणमा फसेका प्रधानमन्त्री यतीको ‘केक’मा झनै फसे !

फोटो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट  

फागुन १२, काठमाडौं । गोकुल बाँस्कोटाले ७० करोड कमिसनको डिल गरेको प्रकरणमा तानिएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले जन्मदिनमा काटेको केकका कारण ओलोचित बनेका छन् । आफ्नो ६९ औं जन्मोत्सव मनाउन पहिलो पटक जन्मथलो आठराई पुगेका उनलाई शुभकामना स्वरुप दिएको केक उपहारले उनी झन् आलोचित बनेका हुन् । 

एती होल्डिङ्सले उनलाई उपहार स्वरुप दिएको केक नेपालको नक्सा अंकित थियो । त्यही केक काटेर जन्मोत्सव मनाएपछि अहिले प्रधानमन्त्रीको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।   

Image may contain: 3 people

साथै प्रधानमन्त्रीले आफ्नै पार्टीले जारी गरेको आचारसंहिताको पनि उल्लङ्घन गरेका छन् । नेकपाले गएको माघ ५ गते कार्यकर्ताहरुमा सर्कुलर जारी गरेको थियो, जसमा ११ बुँदे आचारसंहिता पालना गर्न भनिएको छ । उक्त ११ बुँदे आचार संहिताको दोश्रो बुँदामा भनिएको छ, ‘जन्म दिन, ब्रतबन्ध, पास्निजस्ता परम्परागत संस्कारहरुलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ ।’ 

तर प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन राजसी शैलीमा मनाएर आफ्नै पार्टीले जारी गरेको आचार संहिताको उल्लङ्घन गरेका छन् । त्यति मात्र नभएर प्रधानमन्त्री ओलीले यती होल्डिङ्सले नेपालको नक्सा अङ्कित केक काटेपछि झनै विवादमा परेका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *