नागढुंगाको जामले बसभित्रै बिरामी शिक्षककाे मृत्यु

असाेज १०, काठमाडाैं । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्‍याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन्। 

रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो। उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिएका छन्। 

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो। लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नुपर्दा बिरामीको मृत्यु भएको महादेवबेँसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताए। 

Image result for धादिङमा जाम

एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो।  शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताए।   

आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए। आमासँगै सिटमा बसेका शाहको उनको काखमै मृत्यु भएको हो। सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो। 

एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ। दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन्। (रासस) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *