कोरोना भाइरस : कैदीबन्दी भेटघाट बन्द

चैत्र ९, डोटी । जिल्ला प्रशासन कार्यालयले सिलगढीको कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई बन्द गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी भेटघाट बन्द गरिएको हो । अत्यावश्यक परेको खण्डबाहेक अन्य सामान्यतय कैदीबन्दी भेटघाट केही समयका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । 

त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका लागि दैनिक स्वास्थ्य जाँच गर्न एक छुट्टै स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको छ । उक्त टोलीले कैदी तथा कर्मचारीलाई सामान्य बिरामी हुँदासमेत तत्काल प्राथमिक उपचार गर्ने गरी औषधीसहितको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।   

कैदीबन्दीलाई अत्यावश्यकरुपमा भेट्न आउनुपर्ने अवस्था सिर्जना भएमा अनिवार्यरुपमा मास्क लगाइ साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको कारागार प्रशासन प्रमुख राजन केशीले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *