नेपाल युएइसँग २१ रनले पराजित

 

माघ १७, काठमाडौँ । यूएईविरुद्धको पहिलो टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल २१ रनले पराजित भएको छ। 

यूएईले जितका लागि दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटमा १ सय ३२ रनमात्रै जोड्न सक्यो । 

null

नेपालका लागि सोमपाल कामीले २७ र पारस खड्काले ५५ रन जोडे । 

डेब्यू गरेका सन्दीप जोराले नेपालका लागि पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाएपनि नेपाललाई जिताउन सकेनन् । सन्दीपले ४६ बलमा ३ चौका र १ छक्कासहित ५३ रन बनाए। 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो। 

युएईका लागि शाईमन अनवरले अर्धशतकीय इनिङस खेले भने अनवर ५९ मा आउट भए । यस्तै मोहमद उस्मानले ३० रन जोड्दा सिपी रिजवानले २२, मोहमद बोताले अविजित २० रन बनाए भने कप्तान मोहमद नाभिद १ रनमा पेभेलियन फर्किए । 

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपालमीले का १–१ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *