एपीएल डेब्यु खेलमा सन्दीपले लिए दुई विकेट

काठमाडौं । युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग एपीएलमा नङ्ग्राहार लेपर्डको टोलीबाट डेब्यु गरेका छन् । नेपालको टोलीबाट विश्वकप छनोट खेल सकेर युएई पुगेका सन्दीपले पाक्तिया प्यान्थर्सविरुद्ध डेब्यु गरेका हुन् ।  

सन्दीपले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर उक्त सफलता हासिल गरेका हुन् । खेलमा सन्दीपको टोलीले पहिले ब्याट्रि गर्दै अलआउट भएर १२६ रन बनायो । रहमत शाले सर्वाधिक ३२ रन जोडे । सन्दीपले १ बल खेले । रन बनाएनन् ।  

पाक्तियाका लागि जिआउर रहमानले ३ तथा इसुरु उडान र सहिद अफ्रिदीले २–२ विकेट लिए । १२७ रनको लक्ष्यका साथ उत्रिएको पाक्तियाले १४.४ ओभरमा ३ विकेटको नोक्सानीमै खेल जित्यो ।  

null

कप्तान मोहमद शेहजादले ४३ बलमा नटआउट ७८ रन बनाए । सन्दीपले २ विकेट लिँदा मुजीव उर रहमानले १ विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् । पाँच टोली सहभागी लिगमा सन्दीपको टीम चौथो स्थानमा छ । बुल्ख लिजेन्ड १० अंकबाट पहिलो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *