चट्याङमा परी एककाे मृत्यु एक घाइते
मकालु खबर
२०७६ फागुन २४ गते
फागुन २४, चितवन । चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।
आज बिहान वर्षासँगै परेको चट्याङ लागेर भिमफेदी गाउँपालिका–९ च्याउखोला बस्ने २३ वर्षय विजय स्याङ्तानको मृत्यु भएको हो । उनकी श्रीमती २२ वर्षकी सविता स्याङ्तान घाईते भएकी छन् ।
चट्याङ लागेर घाईते भएका विजयको उपचारको क्रममा हेटौंडा अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते सविताको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।
null
मकालु खबर
२०७६ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित