‘प्रहरीलाई कुनै हालतमा सुधार्नेछु’ – महानिरीक्षक सर्वेन्द्र खनाल

कात्तिक २९, साँखु । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई कुनै पनि हालतमा सुधार्ने बताएका छन् । 

काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्धघाटनका क्रममा महानिरीक्षक खनालले यस्तो बताएका हुन् । 

‘समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ ।’ उनले भने, ‘तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।’ 

null

उनले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताए । 

अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने खनालको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *