संसदमा कांग्रेस र राजपाको प्रस्तावः ‘सबै कार्यक्रम स्थगित गरी बाढीबारे छलफल गरौँ’
मकालु खबर
२०७६ असार ३० गते
असार ३०, काठमाडौं । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले सबै कार्यक्रमहरु स्थगित गरी बाढीपहिरोबारे छलफल गर्न प्रतिनिधि सभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेको छ ।
कांग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले संसदमा बाढी, पहिरो र डुवानबारे छलफल गर्न र पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गरेका हुन् ।
null
प्रतिनिधि सभाको पूर्व निर्धारित कार्यक्रम स्थगित गरी तीनै तह केन्द्र प्रदेश र स्थानीय सरकारद्वारा सञ्चालित उद्धार राहत र त्यसपछिको पुनस्र्थापनाको एकीकृत कार्यक्रम निर्माण गर्न तथा यसबारे छलफल गर्नका लािग प्रतिनिधि सभाको पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गरेका हुन् ।
मकालु खबर
२०७६ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित