वैदेशिक रोजगारी सम्बन्धी गुनासा, समस्या छन् ? छन् भने यी नम्बरमा कल गर्नुहोस्

 

चैत १८, काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो र समस्या सुन्न तथा समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबारदेखि कल सेन्टर सुरु गरेको छ । 

आजदेखि सञ्चालनमा आएको कल सेन्टर सुरुमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र सेवाग्राहीको आवश्यकता अनुसार चौबीसै घण्टा सञ्चालन गर्ने तयारी गरिएको श्रम मन्त्रालयले जानकारी दिएको छ । 

null

वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा सुरु भएको कल सेन्टरमार्फत् स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्डका विषयमा सल्लाह, सुझाव वा गुनासो गर्न सक्नेछन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा, कार्यक्रमहरूबारे कुनै पनि जानकारी, सुझाव वा गुनासो गर्न सकिने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए । 

वैदेशिक रोजगारीको क्रममा ठगिएका, मृत्यु भएका, स्वास्थ्य समस्यामा परेका, विदेशमा मुद्दा खेपिरहेकाहरुले निःशुल्क कानूनि सहयोगको लागि पनि कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। 

सेवाग्राहीले फोन, इमेल, इमो भाइबर, फेसबुक लगायतबाट आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सक्नेछन् । कल सेन्टरमा सेवा ग्राहीले टिपाएका गुनासा सम्बन्धित कार्यालयले सिधै हेर्न सक्ने व्यवस्था गरिएको छ। यस्तै श्रम मन्त्री, सचिव सहितका केही अधिकारीले गुनासो सम्बोधन भए नभएको र भए कसरी भएको भन्ने सिधै अनुगमन गर्न सक्ने छन्। 

सुझाव तथा गुनासाका लागि श्रम मन्त्रालयभित्रै रहेको कल सेन्टरमा देशभित्रबाट निः शुलक ११४१ वा १६६००१५०००५ मा कल गर्न सकिनेछ भने प्लस ९७७१५९७०००८ मा विदेशबाट तथा शःशुल्क कल गर्न सकिनेछ । यस्तै भाइबरमार्फत् फोन अथवा म्यासेज गर्न प्लस ९७७ ९८०१८०००१३ मा सम्पर्क गर्न सकिनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *