लियोनल मेस्सीलाई विशेष लाग्ने त्यो गोल

 

बार्सिलोना (एजेन्सी) । अर्जेन्टिना एवंम् बार्सिलोनाका सुपर स्टार लियोनल मेसी ला लिगामा ४ सय गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै युरोपका शीर्ष ५ लिगमा ४ सय गोल पुरा गर्ने उनी दोस्रो खेलाडी बने । 

अर्जेन्टिनाका ३१ वर्षे फरवार्ड जति बेला मैदानमा उत्रिन्छन् केहि न केहि कीर्तिमान बन्ने सम्भावना रहने गरेको छ । पाँच पटकका बालोन डी ओर विजेता समेत रहेका मेसीले आफ्नो खेल जीवनको उत्कृष्ट गोल छानेका छन् । यद्दपी त्यो आफैमा सहज काम भने थिएन । किनकी उनले देश र क्लबका लागि गरेर ६ सय ४० गोल आफ्नो नाममा लेखाइसकेका छन् । 

null

‘रोनाल्डिन्होको पासमा अल्बासेटविरुद्ध गरेको गोल म कहिल्यै बिर्सन,’ मेसीले थपे,‘त्यस्तै क्लासिकोमा गरिने गोल सधै विशेष हुन्छ । त्यस्तै एट्लेटिको म्याड्रिड, भ्यालेन्सिया र सेभिल्ला जस्ता कठिन प्रतिद्वन्द्विसँगको गोल पनि सम्झना लायक हुन्छन् ।’ 

समर्थकका बीचमा क्याम्प नोउमा गोल गर्नुपनि सधै रमाइलो महसुस हुने मेसीले बताएका छन् । उनले भने,‘ कठिन अवे खेलमा गोल गर्दा पनि ती विशेष लाग्छन् । तर अन्त्यमा गोल कस्तो गर्यो भन्ने महत्वपूर्ण हुँदैन । त्यो गोलले टोली जित्यो की जितेन त्यो बढी महत्वपूर्ण हुन्छ । ‘ ला लिगामा आइतबार लेगानेससँग प्रतिस्पर्धा गर्दा मेसीले गोल संख्या थप्ने अवसर पाउनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *