राजेन्द्र महतोले भने, ‘अन्दोलनमा सहभागी भएका प्रचण्ड, ओली पनि सजायको भागिदार हुनुपर्छ’

 

फागुन २३, विराटनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनता सक्षम जाने बताएका छन् । 

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रेशम चौधरीको बिषयमा अदालतले दिएको फैसलाबाट चित्त नबुझेको र आफूहरु दुःखी भएको बताए । उनले भने, ‘न्याय गरेर मात्र हुदैन न्याय गरेको देखिनुपर्याे त्यो अनुभूति हुनुपर्यो ।’ 

null

आन्दोलनकारीलाई जन्मकैदको फैसला हुने हो भने विगतमा विभिन्न चरणमा भएका अन्दोलनमा सहभागी भएका सबै नेताहरु प्रचण्ड, ओलीदेखि गिरिजा प्रसाद कोइरालासम्मका नेताहरु दोषी रहेको उनले बताए । ‘सबै कुनै न कुनै आन्दोलनमा सहभागी भएका छन्’ महतोले भने ‘उनीहरु समेत सजायको भागिदार हुनुपर्छ ।’ नेता महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारु र मधेशी समुदायको असुष्टि रहेको बताउँदै अधिकार प्राप्तिको आन्दोलन बिच बाटोमै रहेको विचार व्यक्त गरे । 

समान विचारधारा मिल्ने पार्टीहरुसँग मोर्चाबन्दी गरी संविधानमा पीछडिएका जनताको अधिकार प्राप्तिका लागि शान्तिपूर्ण राष्ट्रिय आन्दोलन शुरु गर्ने उनले बताए । 

सोहि पार्टीका अर्का नेता शरदसिंह भण्डारीले सांसदलाई फौजदारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने बताए । उनले पार्टीले जनतालाई जागरुक गराएर शान्तिपूर्ण आन्दोलनको चाँडै घोषणा गर्ने पनि जानकारी दिए । 

नेता भण्डारीले मधेश आन्दोलन र थारुहट आन्दोलन सम्बन्धि छानविन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरिएकोमा आपत्ति जनाए । उनले भने, ‘ती प्रतिवेदन सार्वजनिक गरे जनताले यथार्थ थाहा पाउने थिए ।’ 

सप्तरीको मलेठमा आयोजना हुने कार्यक्रममा सहभागि हुन राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, नेता महतो र भण्डारी विराटनगर हुदै त्यसतर्फ गएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *