माधवकुमार नेपाल भन्छन्ः दुई तिहाईको अहंकार छोडौँ, जनताका सहयोगी बनौँ

 

जेठ १, काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई अहंकार छोडेर जनताको मन जित्ने काम गर्न सुझाएका छन् । 

युवा संघ नेपालको २९ औं वार्षिकोत्वको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले जनचाहना अनुसार काम गर्न सरकारलाई सुझाएका हुन् । 

null

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेकपाले अहंकार छोडेर जनताको मन जित्ने काम गर्नुपर्छ । जनताका पीर, मर्कामा सहयोगी बनौँ । जनताको दुःख कष्टमा साथ दिऔँ । अनि जनताले हामीलाई मन पराउनेछन् । अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्याउँछ ।’ 

यस्तै उनले नेकपाले ५५ प्रतिशत मात्रै जनताको मत प्राप्त गरेको स्मरण गराउँदै सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन पनि आग्रह गरे । 

जनताको मन जित्न धेरै बोल्ने कम सुन्ने बानी हटाउनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *