नेपालले ९० रनको लक्ष्य पायो

काठमाडौँ, साउन ९ । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ ।

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५।१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । प्रारम्भिक ब्याट्सम्यान सफिउल्ला मलिकलाई शून्यमा गुमाएको मलेसियाका लागि साएद अजिज मुबारक र कप्तान विरानदीप सिंहले ५८ रनको साझेदारी गरे ।

अजिजले सर्वाधिक ४६ रन बनाए । विरनादीपले १० रन जोडे । मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्के ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए । साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *