पिपुल्स सामुदायिक अस्पतालद्धारा २ दिने निःशुल्क दन्त शिविर

पुस १०, लम्की । कैलालीको लम्कीमा रहेको पिपुल्स सामुदायिक अस्पतालले हिजो देखी २ दिने निःशुल्क दन्त सेवा सिविर सञ्चालन गरेको छ । बिगतका दिन देखि समाजिक सेवाका अग्रसर अस्पतालले हिजो निःशुल्क दन्त सेवा शिविर सञ्चालन गरेको हो । 

 

पिपुल्स सामुदायिक अस्पतालले आयोजना गरेको शिविरलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सहयोग प्रदान गरेको छ । पिपुल्स सामुदायिक अस्पताल सञ्चालक समितिका उपाध्यक्ष पदम राज जैसिको अध्यक्षतामा उद्घाटन दत्त सेवा शिविरका प्रमुख अथिती लम्की चुहा नगरपालिका नगर उप–प्रमुख टीका थापा रहेका थिए । 

null

अतिथीमा वडा नं. १ का वडा अध्यक्ष जनक बहादुर बम, अस्पतालका कोषध्यक्ष चन्द्रा सिङ लगायत रहेका थिए । प्रमुख अथितिको आसनबाट बोल्दै उप–प्रमुख थापाले अस्पतालले गरेको कामको प्रशंसा गरेका थिए । मानिसको जिवनको महत्व पुर्ण अङ्गको रुपमा दाँत रहेको हुन्छ ,दाँतको उपचार गर्ने शिविर सञ्चालन निकै उदारणीय काम भएको बताए । 

पिपुल्स सामुदायिक अस्पतालले बिगतका दिन देखि नै यस्ता कार्यहरु गर्दै आएको हुँदा अबका दिनहरुमा गरिने कार्यक्रमहरुलाई अवश्यक सहयोग गर्ने वडा नं.१ का वडा अध्यक्ष जनक बहादुर बमले बताएका थिए । 

अहिले अस्पातलले समाजिक अभियानको रुपमा पाईला सार्दै गरेकोले आगमी दिनहरुमा जटिल प्रकृतिका रोगहरुको पनि उपचार गरिने शिविरको सञ्चालन गरिने उपाध्यक्ष तथा कार्यक्रमका सभापति पदम राज जैसिले प्रतिबद्धता व्यक्त गरेका थिए । 

हिजाेबाट सञ्चालित दन्त शिविरमा हिजाे नै २ सय ५० जना भन्दा बढीले दाँत, मुख, गिजाको परिक्षण तथा उपचार गराएको कार्यालय सहायक चन्द्र प्रसाद खनालले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *