कैलालीमा मतदाता नामावली दर्ता गराउनेको भीड

विष्णु जोशी, धनगढी । साउन १ गते देखि शुरु भएको फोटोसहितको मतदाता नामावलीमा एक सातामा ३ हजार ८ सय व्यक्तीले नाम दर्ता गराएको क्षेत्रिय निर्वाचन कार्यालय कैलालीले जनाएको छ । क्षेत्रिय निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न दैनिक सयाै मानिसको भिड लाग्ने गरेको छ ।

निर्वाचन कार्यालयमा हाल सम्म १ हजार ३ सय ८९ महिला र १ हजार ९ सय ९ पुरुषले नाम दर्ता गराएको क्षेत्रिय निर्वाचन अधिकृत मोहन प्रसाद अर्यालले जानकारी दिनुभयो । क्षेत्रिय निर्वाचन कार्यालयमा आज मात्र ६ सय जनाले नाम गराएका छन् । फोटोसहितको नामावली संकलन कार्य साउन १६ देखि ३२ गते सम्म गाउँपालिका र नगरपालिकाबाट गरिने भएपनि दैनिक ५ देखि ६ सय जनाले क्षेत्रिय निर्वाचन कार्यालय धनगढीबाट नाम दर्ता गरिरहेको पाईएको छ ।

अर्यालले नामावली दर्तामा महिला, पुरुष, वृद्धावृद्ध र युवापुस्ता सबैको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो। निर्वाचन आयोगले साउन १६ देखि ३२ गतेसम्म सबै स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलन गर्न पाउने व्यवस्था गरेको छ । तर, धेरैलाई त्यस बारे जानकारी नभएको उनिहरुले बताएका छन् । उनिहरुले असार १४ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा भोट हाल्न नपाएका कारण नाम दर्ता गर्न आएको बताएका छन् । धनगढी शिवनगरकी गौरीदेवी रावल र धनगढी गाउँकी सेतीमाया चौधरी बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *