नेपाल घुमेर फर्किएका स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु

फागुन २१, काठमाडौं । नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसको कारण मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्ति नेपालको भ्रमण गरेर फर्किएका थिए । 

उनको मृत्यु २० दिनअघि नै भएको भए पनि उनी नेपाल घुमेर फर्किएको र कोरोनाभाइरसकै कारण भएको भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीको भनाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ । 

स्पेनमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *