नयाँ कर नीतिको विरोध गर्दै सरकारलाई ज्ञापन पत्र
असार ३१, विराटनगर । साउन १ गतेदेखी लागु हुने नयाँ कर नीति प्रणाली विभिन्न कारणले अब्यवहारिक भन्दै विराटनगरका उद्योगी व्यवसायीले सरकारलाई ज्ञापानपत्र बुझाएका छन् ।
विराटनगरमा विरोध प्रदर्शन गर्दै मंगलबार उनीहरुले मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
null
विराट व्यापार संघको अगुवाइमा विराटनगरका उद्योगी व्यवसायीहरुले वेभमा आधारित ढुवानी प्रणली खारेज, ढुवानीमा बृद्धि गरिएको मुल्य अभिबृद्धि कर घटाउनुपर्ने, श्रमीकहरुको पान दर्ता खारेज, खाद्यान्नमा लगाइएको मुल्य अभिबृद्धि तथा अग्रीम आयकर, बैंक मार्फत पारिश्रमिक भुक्तनी अव्यवहारिक भएकाले खारेज गरिनुपर्ने, बैंकको व्याजदर ७ देखी ९ प्रतिशतमा ल्याइनुपर्ने, बाण्ज्यि बैंकहरुले फर्म नविकरण गर्नुपर्ने, सामाजिक सुरक्षा कोषको प्रावधान अव्यवहारिक भएकाले परिमार्जन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी केसीले उद्योगी व्यवसायीहरुका माग सम्बन्त्रीत ठाउँमा पुर्याउने आश्वासन दिए । उनीहरुले मंगलबारनै आन्तरिक राजश्व कार्यालय मार्फत पनि सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
विराटनगर स्थित बुधहाट चोकमा भेला भएर विरोध प्रदर्शन गर्दैै उनीहरु कर कार्यालय र जिलला प्रशासन पुगेका थिए । विरोध प्रदर्शनमा विराटनगर ट्रक व्यवसायी संघ, मोरङ चेम्बर अफ कमर्श, घरेलु तथा साना उद्योग महासंघ, विराटनगर हार्डवयेर संघ, मदिरा व्यावसायी संघ, ट्रान्सर्पोट व्यावसायी संघ, नेपाल मुद्रण व्यावसायी संघ लगायतका संघ संथाका प्रतिनिधिहरुको सहभागिता थियो ।