सन्दिपले ७ विकेट लिएपछि नेपाल विजयी

साउन ९, काठमाडौँ  । सन्दिप लामिछानेले पुनः उत्कृस्ट बलिंग प्रदर्शन गरेपछि यु-१९ एसिया बिश्वकप छनौट अन्तर्गत पाचौं खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ  । मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेट गुमाई २२.२ ओभरमा पुरा गर्यो  ।नेपालको लागि रोहित पौडेल र दिपेन्द्र ऐरीले क्रमशः अविजित ३४ र १९ रनको इनिंग खेले  । यस्तै, ओपनरदय सन्दिप सुनार र अनिल शाहले क्रमशः १५ र १२ रनको योगदान दिए  ।

लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो ५ विकेट ४० रनको स्कोरमै गुमाईसकेको थियो जसपछि दिपेन्द्र र रोहितले छैठौ विकेटको लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए  । यस अघि सन्दिप लामिछानेले प्रतियोगिता तेस्रो पटक ५ विकेटको प्रदर्शन गर्ने क्रममा ७ जना मलेसियन ब्याट्सम्यानहरुलाई पाखा लगाएपछि ३५.१ ओभरमा मलेसियाले ८९ रनमै सम्पूर्ण विकेट गुमायो  ।

९.१ ओभर बलिंग गर्ने क्रममा सन्दिपले १ मेडन सहित मात्र १३ रन खर्चे   । यस अघिको खेलमा पनि मलेसियासंग सन्दिपले ५ विकेट लिएका थिए भने सिंगापुरसंगको पहिलो खेलमा पनि ५ विकेट लीएका थिए  । प्रतियोगितामा सन्दिपले ५ खेलमा कुल २३ विकेट हात पारिसकेका छन्  ।

टस जितेर नेपालले मलेसियालाई ब्याटिंग गर्ने निम्तो दिएपछि मलेसिया ५९/१ को राम्रो स्थितिमा थियो  । ७ चौका र १ छक्का मदतले ४६ रन बनाएर ब्याटिंग गर्दै नेपालको लागि खतरा बनेका सैयद मुबारकलाई सन्दिपले विकेटकिपर प्रकास केसीको हातमा क्याच थमाएपछि मलेसियाको विकेट पतन सुरु भएको थियो  ।

नेपालको लागि शाहब आलमले २ तथा रिजन ढकालले १ विकेट लिए । मलेसियन कप्तान भिरनदिप सिंहले १० तथा शौभिन्दर सिंहले अविजित १० रनको योगदान दिए  । नेपालले अतिरिक्तको रुपमा १२ रन दिएको थियो  ।

प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा अफगानिस्तानसंग पराजित भएको नेपालले सिंगापुर र मलेसियालाई २/२ खेलमा पराजित गरिसकेको छ । अफगानिस्तानसंग भोलि मंगलबार नेपालले अन्तिम खेल खेल्नेछ जसमा यदी नेपाल बिजेता बन्न सके नेट रनरेटको आधारमा २०१८ को न्युजिल्याण्डमा संचालन हुने यु-१९ बिश्वकपमा छनौट हुनेछ   ।अफगानीस्तान नेट रनरेटमा निकै अघि रहेको र नेपाललाई पहिलो खेलमा सहजै पराजित गरेको हुँदा नेपाललाई अब बिश्वकप छनौट हुन निकै कठिन हुनेछ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *