घर फोर्ने सामानसहित चार जना पानीपोखरीबाट पक्राउ

पुस ६, काठमाडौँ । घर फोर्ने सामान र चोरीका सामानसहित चार जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले चोरी कार्यमा संलग्न चारजनालाई बिहीबार दिउँसो पानीपोखरीबाट नियन्त्रणमा लिएको हो । 

चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका १५ वर्षीय राजीव देउला र दोलखाका १६ वर्षीय निमा तामाङलाई नियन्त्रणमा लिइएको वृत्तका प्रमुख एवम् नायव उपरिक्षक फणिन्द्र प्रसाईंले बताए । 

null

पक्राउ परेकासँग प्रहरीले रु ६६ हजार ५७५ नगद, ल्यापटप तीन थान, मोबाइल नौ थान, आइफोन एक थान, ढलोटको मुर्ति एक थान, सुनको औँठीजस्तो देखिने औँठी एकथान, तिलहरी एक थान, चाँदीको चुरा तीन थान, पुजाका सामाग्रीहरू, पेचकस एक थान, छिनो दुई थान, घडी एक थान, दाउ एक थान, हाते ब्याग एक थान र लुगा बोक्ने झोला दुई थान बरामद गरेको छ । 

चारजनाले चोरेर ल्याएको सामान कामनपा—१७ ढल्कुस्थित लक्ष्मीनारायण तण्डुकारको घरको दोस्रो तलामा अनिल तामाङले लुकाएर राख्ने गरेको अनुसन्धानमा खुलेको प्रसाईँले बताए । पक्राउ परेकासँग थप अनुुसन्धान भइरहेको वृत्तले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *