टंक तिमिल्सिना र एलिना चौहानको ‘लेउ न माया लेउ’ (भिडियोसहित)

 

जेठ ९, काठमाडौं । पछिल्लो समय निकै व्यस्त रहेका चर्चित गायक, सर्जक तथा मोडल टंक तिमिल्सिनाको नयाँ गीति भिडियो सार्वजनिक भएको छ । 

टंक तिमल्सिनाको आफ्नै युट्युब च्यानलबाट बिहीबार दिउँसो गीत सार्वजनिक गरिएको हो । गायक तिमिल्सिनाको शब्द रहेको गीतमा उनकै सुमधुर आवाज सुन्न सकिन्छ । उनलाई एलिना चौहानले साथ दिएकी छिन् । 

null

गीतमा एलिना र टंक फिचर्ड छन् । प्रेमिल भाव समेटिएको उक्त गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले छायांकन र मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *