नेपाल र भारत बिचको सम्बन्ध प्रगाढ : नेता कँडेल
नवलपरासी, माघ १३ । भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा नवलपरासीको सिमाना भारतको ठुठीबारीको राधाकुमारी ईन्टर कलेजमा एक बिशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देबेन्द्रराज कँडेलले नेपाल र भारत बिचको सम्बन्ध प्रगाढ रुपमा अघि बढिरहेको बिचार ब्यक्त गरेका छन् ।
प्रतिनिधी सभाका नवनिर्वार्चीत सदस्य समेत रहेका कँडेलले नेपाल र भारत बिचको सम्बन्ध ईतिहास देखीनै रहीआएको जिकीर गर्दै यो सम्बन्धलाई अझ निकट बनाउनुपर्ने बताए । बिशेष कार्यक्रममा बोल्दै नेता कँडेलले नेपाल र भारत बिच रोटी बेटीको सम्बन्ध रहेकाले आगामी दिनमा नेपाल र भारत बिच अझ बढी निकट सम्बन्ध बन्ने बिस्वास ब्यक्त गरे ।
भारतले नेपालकालाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगप्रति प्रसंसा गर्दै नेता कँडेलले आगामी दिनमा पनि नेपालको बिकासकालागी भारतको सहयोग आवश्यक रहने बिचार राखे ।