काभ्रे: यात्रुबाहक बस पल्टिँदा २८ जना घाइ
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडाैं, साउन १० । धुलिखेल नगरपालिका ६ बेइजिङ प्लान्ट नजिकै यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपा जादै गरेको हिमाल–तराई यातायातको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
३३ यात्रु लिएर आइरहेको बसमा बिहानको समय भएकाले अधिंकाश कलेज पढ्न आउने विद्यार्थीहरु रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रविराज खड्काले जानकारी दिए ।
खड्काका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित