पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु

 

फाेटाे फाइल 

असार १५, कैलाली ।  पौडी खेल्ने क्रममा शनिबार डुबेर तीनको मृत्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर वडा नं २ का अमर उपाध्यायका १५ वर्षीय छोरा मिलन उपाध्यायको मृत्यु भएको छ । 

null

शनिबार दिउँसो १ बजे नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । शनिबार नै लम्की–चुहा नगरपालिका–३ चिसापानीमा रानी–जमरा– कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर दुईको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१० का अन्दाजी २३/२४ वर्षका करण बुढाथोकी र कृष्ण ओली रहेको प्रहरीले जनाएको छ । 

उनीहरु कोहलपुरबाट चिसापानी घुम्न आएको समयमा नहरमा नुहाउन लाग्दा डुबेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिए । 

डुबेका उनीहरुको शव प्रहरी र स्थानीयवासीको सहयोगमा नहरबाट निकालिएको र अहिले परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *