सानिमा बैंकको शाखा कैलालीको बौनियाँमा

भाद्र १५, कैलाली । सानिमा बैंक लिमिटेडले आजबाट कैलालीको बौनियाँमा नयाँ शाखा सुरु गरेको छ । बैंकले उक्त शाखाको औपचारीक उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र सञ्चालक भरत कुमार पोखरेलले संयुक्त रुपमा गरेका थिए । 

समारोहमा सानिमा बैंकका सञ्चालक भरत कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा हरिवंश आचार्यले बौनियाँमा सानिमा बैंक सञ्चालनमा आएकोमा बौनियाँ वासीहरुलाई बैंकिङ क्षेत्र पुगेकोमा बधाई दिँदै सानिमा बैंकको सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर अगाडी बढिरहेको बताए ।   

सानिमा बैंकको उक्त शाखा समेत गरी हाल सम्म ७९ वटा शाखा सञ्जाल तथा ७५ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *