‘भ्रष्टाचारमा संलग्नता देखिए देउवालाई पनि छोडिन्न’

 

बैशाख २७, गाईघाट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्नता देखिए पार्टीका जाे काेहीलाई पनि कडा कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । 

वाइडबडि भ्रष्टाचार प्रकरणमा सभापति देउवाको पनि नाम जोडिएको चर्चा चलिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

null

अहिले बालुवाटारको जग्गा काण्ड, एनसेल काण्ड र वाइडबडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको स्मरण गर्दै उनले भने, ‘कांग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिन्छ । सभापति देउवाकै संलग्नता पुष्टि भएमा उहाँलाई पनि छोडिन्न ।’ 

प्रेस युनियन उदयपुरले आज बिहान गाईघाटस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको पनि टिप्पणी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *